यसैकारण दिउँसो झुक्किएर पनि नसुत्नुहोस्



२७ पुष २०७६, काठमाडौं

सामान्यतयाः व्यक्ति स्वस्थ हुन ८ घण्टा आराम, ८ घण्टा काम र ८ घण्टा मनोरञ्जन हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ।

शास्त्र र आयुर्वेदले पनि यो कुरालाई राम्रो जीवनशैली मानेको छ। तर, यो पनि समयअनुसार निर्धारण गर्नुपर्ने हुन्छ। किनकि, दिउँसोको समयमा काम गर्नु र रातिको समयमा सुत्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ।

तर कतिपयः मानिसहरु रातको समयमा काम गर्नुपर्ने बाध्यतावंश राती उठ्ने र दिउँसो सुत्ने गर्दछन्। यसबाहेक कतिको दिउँसो सुत्ने बानी नै परिसकेको हुन्छ।

तर शास्त्रका अनुसार दिउँसो सुत्नु कदापी राम्रो मानिदैन। यो कुरा आयुर्वेदमा पनि उल्लेख गरिएको छ। आयुर्वेदका अनुसार, दिउँसो सुत्दा पाचनप्रणालीमा गडबडी हुन्छ र खाना समेत राम्रोसँग पच्दैन। जसकारण कब्जियत, ग्यास, अपच लगायत समस्या उत्पन्न हुन्छन्।

यत्ति मात्रै नभएर दिउँसो सुत्दा ज्वरो आउने, गलासम्बन्धी समस्या देखिने, स्मरण शक्ति कमजोर हुने, अंग फुल्ने, आलस्य बढ्ने लगायत समस्या देखिने समेत आयुर्वेदमा उल्लेख छ। यसका साथ–साथै धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ।

दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको पनि वास नहुने मान्यता रहि आएको छ। तर केही बृद्धबृद्धा, बालबालिका विरामी मानिसका लागि भने आराम बढी चाहिने हुँदा दिउँसो सुत्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्