एक बेलायती डा. भन्छन्ः मृत मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिन्छ



२७ पुष २०७६, काठमाडौं

डाक्टरले के एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरिरमा फिट गर्न सक्छन्? मेडिकल साइन्समा अन्य अङ्ग जस्तैः टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्।

बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा. ब्रुस म्याथ्युलेख आउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका छन्। उनले रोबोटिक्स, स्टेम सेल प्रत्यारोपण र शक्तिशाली शल्यक्रिया गर्ने प्रविधिको विकास भएका कारण यो सम्भव हुन सक्ने दाबी गरेको समाचारमा उल्लेख गरिएको छ।

सन् २०१७ मा एक चिनियाँ साइन्टिस्टले एउटा सफल टाउको प्रत्यारोपण गरेको दाबी गरेका थिए। जिआओपिङ रेन नामका एक साइन्टिस्टले एक मृत व्यक्तिको टाउँको अर्को व्यक्तिको शरिरमा सफल प्रत्यारोपण गरेका थिए।

चीनको हार्बिन मेडिकल यूनिभर्सिटीमा गरिएको उक्त शल्यक्रिया १८ घण्टा चलेको थियो। शल्यक्रियापश्चात् स्पाइन, नब्र्स तथा ब्लड वेसल्सको रिकनेक्ट गरिएको थियो।

डेली मेलको रिर्पोटका अनुसार डा. म्याथ्युका अनुसार प्रत्यारोपका क्रममा यदी ब्रेन र स्पाइनल कार्ड साथमा राख्यो भने असम्भव हुँदैन्।

यदि यो सम्भव भयो भने जुन व्यक्तिको हात खुट्टा काटिएको छ वा शरिर पूरै खराब भएको छ भने त्यस्ता व्यक्तिका लागि फाइदाजनक हुने गर्दछ। साथै मरिसकेका व्यक्तिलाई पनि जिउँदो बनाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्