‘पारशको पैसाको लागि उसको पछि लागेकी’ भन्नेलाई सोनिकाले दिइन् कडा जवाफ…



२७ पुष २०७६, काठमाडौँ

बेला बेलामा आलोचना आइरहने युट्युबर सोनिका रोकाय आजभोली पूर्व युवराज पारश शाहसँग नाम जोडीएका कारण चर्चामा छिन् । आजभोली पारश र सोनिकाको लब अफेयरको चर्चा सामाजिक सञ्जालमा खुबै चल्ने गरेको छ  ।

उनीहरुको लब अफेयरको चर्चा चल्नुमा पछिल्लो समयमा उनीहरुको मित्रता ज्यादै बढ्नु पनि हो । पारश र सोनिका धेरैजसो एकसाथ देखिन थालेका छन् । त्यसबाहेक खुद सोनिकाले नै यो कुरालाई बल पुर्याइरहेकी छिन् । उनी कहिले पारशसँगको च्याटिङ त कहिले उनीसँग घुम्न गएको भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन्  ।

बजारमा पारश र सोनिकाका कारण हिमांशीले पारशसँग डिभोर्स गर्न चाहेको खबर समेत फैलिएको थियो । यसैबिच धेरैले सोनिकालाई पारशको पैसाको लागि उसको पछि लागेको आरोप समेत लगाए । यसबारे सोनिकाले गतिलो जवाफ दिएकी छिन् ।

उनले सानैदेखि आफू निकै दुख र पिडामा हुर्किएकी केटी भएको बताइन् । उनले आज यो स्थानसम्म आइपुग्न आफूले दिनरात मेहेनत गरेको बताइन् । उनले पारशको पैसामा आफूलाई लोभ नभएको बताइन् । सोनिकाले आफूले पैसा कमाउनको लागि निरन्तर काम गरिरहेको पनि बताइन्  ।

प्रतिक्रिया दिनुहोस्