शैलेश्वरी अस्पताल स्थानीयको निःशुल्क रक्त समूह परीक्षण गर्दै



२७ पुष २०७६, काठमाडौं

निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुवात गरेका छन्। सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको जनाएको हो।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्दै सबैले रक्तदान गर्न अति जरुरी भएको बताईन्। उनले भनिन्, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ।”

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भन्दै रक्तदान गर्न पछि हट्न नहुने बताए। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयौँ बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्यरूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्