‘योग गरे नेपालीको उपचार खर्च घट्छ’ : नगरप्रमुख खरेल



२६ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले दैनिकरुपमा योग गरे नेपालीको उपचार खर्च घट्ने बताए । मानिसको स्वास्थ्यका लागि योगा फाईदाको विषय हो । उनले भने, ‘दैनिकरुपमा योगा गरे हामी नेपालीका धेरैजसो साझा रोगहरुमा कमी आउछ ।’

सप्ताव्यापी योग दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका र सिद्धेश्वर योग साधना केन्द्रको आयोजनामा भएको पदयात्रा कार्यक्रममा नगर प्रमुख खरेलले बूढानीलकण्ठ अन्य नगरपालिका भन्दा फरक र पर्यटकीय नगर भएको भन्दै पार्दैै यो यात्रा उपलब्धिमूलक रहेको समेत प्रष्ट पारे ।

स्वास्थ्यताका लागि पद यात्रा भन्ने नाराकासाथ बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित सिद्धेश्वर योग साधना केन्द्रबाट शुरु भएको यात्रा बूढानीलकण्ठ मन्दिर बाट धोविढुङ्गा, नारायणडाँडा, तारेभिर, जगडोल, झण्डापार्क, कृष्ण मन्दिर हुँदै बूढानीलकण्ठ नगरपालिका वडा नंं ११ को कार्यालयमा आएर समापन हुने आयोजकले बताएको छ ।

सिद्धेश्वर योग साधना केन्द्रका संरक्षक चन्द्रप्रसाद सिवाकोटीले प्रत्यक वर्ष नेपाल सरकारले मनाउदै आएको योग दिवस माघ १ गतेलाई मध्यनजर गर्दै स्वास्थ्यताका लागि पद यात्राको आयोजना गरिएको बताए ।

सिद्धेश्वर योग साधना केन्द्रका अध्यक्ष कमला पाण्डेले पद यात्रा स्वस्थ्य रहन र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै बूढानीलकण्ठ नगरपालिकामा विभिन्न धार्मिक तथा सँस्कृतिक पर्यटन भित्र्याउन सकिने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्