चुम्बनका फाइदा



२६ काठमाडौं २०७६, काठमाडौं

तनाव कम गर्छ

चुम्बनले मानसिक तनाव कम गर्ने एक अध्ययनले देखाएको छ। चुम्बन गर्ने ब्यक्ति र नगर्ने ब्यक्ति बिच गरिएको अध्ययनमा चुम्बन गर्ने ब्यक्तिमा तनाव कम पाइयो।

रोग प्रतिरोधी क्षमता बढाउँछ

विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ। पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएको छन्।

खुसी बनाउँछ

चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन्। जसले मानिसको मूडलाई रिल्याक्स बनाउँछ। जसका कारण मानिसमा खुसी पैदा हुन्छ। तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड फ्रेस हुन्छ र जिउ हल्का तथा तनावरहित हुन्छ।

मोटोपना घटाउँछ

चुम्बनका बेला शरीरमा प्रशस्तै क्यालोरी दहन हुन्छ। नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने अनुसन्धानले देखाएको छन्।

तन्नेरी बनाउँछ

चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन मद्दत गर्छ।

ब्लड प्रेशर तथा कोलेस्ट्राृरेल

चुम्बनले ब्लड प्रेशर तथा कोलेस्ट्राृरेलको मात्रा कम गर्न मद्दत गर्छ। अध्ययनका अनुसार चुम्बन गर्नालेकोर्टिसोल नामक स्ट्रेस हार्मोन को उत्पादनमा कमी आउछ जसले कोलेस्ट्राृरेलको मात्रालाई कम गर्छ।

पुरुषको उमेर बढाउन मद्दत गर्छ

दिनमा एक पटक आफ्नो लाइफ पाटनरसंग चुम्बन गर्ने पुरुषको आयु पाँच बर्ष बढ्ने अध्ययनले देखाएको छ ।

यौन सन्तुष्टि बढाउँछ

चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो। मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ।

प्रतिक्रिया दिनुहोस्