सडक मानवमुक्त अभियानले जोड्यो ३८९ जनालाई परिवारसँग



२५ पुष २०७६, काठमाडौं

सडक मानवमुक्त अभियान अन्तर्गत ३८९ जनलाई परिवासँग पुनःमिलन गराइएको छ।

कामपाले गत २९ मंसिबाट शुरु गरेको उक्त अभियान अन्तर्गत अहिलेसम्ममा ५५० जनालाई उद्धार गरिएको छ। तीमध्ये ३८९ जनालाई परिवारसँग पुनःमिलन गराइएको हो।

जसमा ३३७ पुरुष, ४५ महिला र ७ बालक रहेका छन्। त्यसैगरी १३० जनालाई मनोपरामर्श दिइदैँ छ भने, २९ जनालाई मानवसेवा आश्रममा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्