ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु



२५ पुष २०७६, काठमाडौं

पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन्।

राप्ती नगरपालिका–६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्