
२५ पुष २०७६, काठमाडौं
विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायत गेडागुडीलाई मिसाएर तरकारीका रूपमा प्रयोग गरिन्छ। यसमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ। टुसा उमारेका गेडागुडीलाई पकाउँदा अझ उत्तम हुन्छ।
गेडागुडीमा अत्यधिक प्रोटिन हुन्छ, मासुमा भन्दा पनि बढी। तर, यसमा भएका, सबै प्रोटिन शरिरले सोस्न सक्दैन। तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरिरले यसमा भएका सबै प्रोटिन सोस्न सक्छ।
गेडागुडी टुसाउँदा यसमा प्रोटिन, फाइबर, मिनरल र भिटामिनको मात्रा बढेर जान्छ।
नभिजाएको गेडागुडीले एन्टिन्युट्रिसन फ्याक्टर जस्तै– आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियमलगायत तत्वलाई सोस्न दिँदैन। यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शशरिरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ।





