
२५ पुष २०७६, काठमाडौं
बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ।
छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
अस्पताल पुपुर्याउदा उनलाई मृत घोषणा गरिएको थियो। घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन्।
उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो। घटना लगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिए।
घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए र नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ।





