पेटमा बोसो लाग्नुको कारण…



२५ पुष २०७६, काठमाडौं

कतिपयः मान्छे कम्जोर भयो वा पातलो भयो वा दुब्लो भने हामी भन्ने गर्छौ–खानामा क्यालोरी पुगेन जस्तो छ। यसरी, सामान्य भाषामा भन्दा हामीले क्यालोरी भनेको शक्ति हो भन्ने बुझ्दछौं। तर के क्यालोरी भनेको शक्ति नै हो त?

हो, क्यालोरि एक किसिमले शक्ति नै हो। तर ठोस रुपमा भन्दा क्यालोरी भनेको शक्ति वा ताप नाप्ने इकाईको नाम हो। एक क्यालोरी भनेका एक ग्राम पानीलाई एक डिग्री सेन्टिग्रड तापक्रमममा ल्याउन लाग्ने बराबरको शक्ति हो।

तपाईँको मनमा प्रश्न उठ्न सक्छ त्यसो हो भने खानेकुराहरुमा चाहिँ किन क्यालोरी शब्दको प्रयोग गरिन्छ त?

वास्तवमा, खाइएका प्रत्येक खानेकुराहरुले हाम्रो पेटभित्र शक्ति पैदा गर्छ। जस्तैः एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ। त्यसैगरी, एक ग्राम चिल्लो पदार्थले नौ क्यालोरी पैदा गर्छ।

एउटा मान्छेलाई एक दिनमा कति क्यालोरी चाहिन्छ? यो कुरा मान्छेले गर्ने काममा भर पर्छ। एउटा ६८ किलोग्राम तौल भएको मान्छेले केही काम नगरी बस्ने हो भने उसलाई दिनभरिमा १,६८० क्यालोरी चाहिन्छ। तयही मान्छेले सामान्य काम गर्‍यो भने, ३,३६० क्यालोरी र अलि बढी मेहनत पर्ने काम गर्‍यो भने उसलाई ६,७२० क्यालोरीको जरुरत पर्छ।

त्यसो त मान्छेलाई कति क्यालोरी चाहिन्छ भन्ने कुरा त्यो व्यक्तिको उमेर, लिंग शरीरको आकार, शारीरिक अवस्था, वातावरण जस्ता कुराहरुमा पनि निर्भर गर्छ।

मन्छेले आफूलाई चाहिने भन्दा बढी क्यालोरी लियो भने चाहिं के होला त?

मन्छेले आफूलाई चाहिनेभन्दा बढी क्यालोरी लियो भने, त्यसलाई भविष्यमा प्रयोग गर्नको लागि शरिरले संचित गर्न खोज्छ। तर यस क्रममा हाम्रो शरिरल ेप्रतिदिन चाहिने क्योलोरीको एक तिहाई भाग मात्र संचित गर्नसक्छ। फलतः बढी क्यालोरीहरु बोसोमा परिणत हुन थाल्छ। मान्छेहरुमा बढी बोसो लाग्नुको खास रहस्य पनि यही नै हो।

प्रतिक्रिया दिनुहोस्