तनहुँको बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु



२३ पुष २०७६, काठमाडौं

तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ। आवश्यक उपकरण प्राप्त भएपश्चात् अस्पतालले शल्यक्रिया सेवा शुरु गरेको हो।

शल्यक्रिया सेवाका लागि नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्यूटले उपकरण उपलब्ध गराएको थियो।

शल्यक्रिया सेवाको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिंह थापाले यस भेगका जनताले सहज र सरल सेवा पाउने विश्वास व्यक्त गरे।

असहाय विपन्न नागरिकलाई सहुलियत सेवा प्रवाह गर्न अस्पतालले सहयोग गर्ने बताउँदै अस्पतालको सुदृढीकरणका लागि गाउँपालिका सदैव तयार रहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्