सानो संसार स्कुलमा केडीसीको मुख निःशुल्क स्वास्थ्य शिविर



२२ पुष २०७६ , काठमाडौं

चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा रहेको सानो संसार प्रि स्कुलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर राखिएको छ।

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसी) र सतुङ्गलमा रहेको कान्तिपुर डेन्टल क्लिनिकको आयोजनामा सोमबार उक्त शिविर राखिएको हो।

शिविरमा बालबालिका तथा शिक्षक अभिभावक गरी करीब १५० जनाको मुख तथा दन्त परीक्षण गरिएको थियो। परीक्षणका क्रममा स्कुले बालबालिकामा करीब ६० प्रतिशत दाँत किराले खाने समस्या देखिएको थियो भने अभिभावकहरुमा सत प्रतिशतमै समस्या देखिएको कलेजका हो। उक्त शिविरमा दाँत किराले खाने र गिजा सुन्निने समस्या धेरैमा देखिएको थियो।

सो अवसरमा शिविरका लागि पुगेका स्वास्थ्यकर्मीहरुले बालबालिका तथा तिनका अभिभावकहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्