रक्तक्यान्सर पीडित १९ वर्षीय छोराको उपचारमा आर्थिक सहयोग गर्न बाबुको आग्रह



२१ पुष २०७६, काठमाडौं

रक्तक्यान्सर पीडित तुल्सीपुर–३ का १९ वर्षीय किशोर प्रकाशसिंह बाठाको उपचारमा सहयोग गरिदिन उनका बाबु शेरबहादुर बाठाले आग्रह गरेका छन् । पीडित प्रकासको हाल काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

रकम अभावका कारण उपचार नै रोकिने अवस्था आएपश्चात् उनका बाबुले सहयोगको याचना गरेको बताएका छन्। बाबुका अनुसार प्रकासलाई पाँच वर्षसम्म नियमित औषधि सेवन गराउनुपर्ने र त्यसका लागि करिब ३० लाख रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

वैदेशिक रोजगारीमा मजदुरी गर्दै गरेको छोरा बिरामी भएपश्चात् घर फर्केको उनको भनाइ छ। उपचारमा हालसम्म २० लाख रुपैयाँ खर्च गरिसकेको उनले सुनाए। उपचारका लागि हातमा लगाएको घडी समेत बेचिसकेको उनले दुखेसो गरे। उनले भने, ‘मसँग अब पैसा छैन।

तपाईँहरुको सहयोग पाए मेरो छोरा बाच्ने थियो।’ उनले छोराको उपचारमा सहयोग गर्न चाहने महानुभावलाई ९८१८९१००६७ नम्बरमा सिधै सम्पर्क गर्न वा छोरा प्रकाश बाठाको नाममा प्रभु बैंक नयाँ बानेश्वरको खाता नम्बर १०११०७०१३९८३३५०००००१ समेत सहयोग सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्