जापान सरकारले माग्यो २३०० नेपाली नर्स, भोलिबाट शुरु हुँदैछ भाषा परीक्षा



२१ पुष २०७६, काठमाडौ

जापान सरकारले २ हजार ३ सय नेपाली नर्सलाई जापान लैजाने भएको छ। उनीहरुलाई नर्सिङ केयर गिभरको रुपमा जापान लैजान लागेको हो। बैदेशिक रोगजार विभागका अनुसार जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय नर्सलाई जापान लैजान लागिएको हो।

यता विभागले जनवरी र मार्च गरी दुई चरणमा लगिने नर्सको छनौट गर्ने भाषा परीक्षाको मिति, स्थान समेत सार्वजनिक गरेको छ। भाषा परीक्षा जनवरी ७, ८, १४, १६, २१, २३, २८, २९ र मार्च ३, ५, ९, ११, १२, १५, १९ मा तोकिएको छ।

जापान फाउण्डेशनले युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्यूटमा परीक्षा केन्द्र तोकेको छ। परीक्षा कम्प्यूटरमा आधारित हुने छ। भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ।

परीक्षा शुल्क २५ सय रुपैयाँ तोकिएको छ। नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुन आवश्यक पर्ने छ। भाषा परीक्षाका लागि न्यूनतम योग्यता जापानीज भाषामा कमन युरोपियन फेमवर्क अफ रिफ्रेन्स फर ल्याङ्गेवज एटु लेभल (सीइएफआर) आवश्क पर्दछ।

प्रतिक्रिया दिनुहोस्