सञ्चारकर्मी सुरज पौडेलको शब्द र मेलिना राईको स्वरमा ‘जबसम्म सास छ’ सार्वजनिक



१९ पुस २०७६, काठमाडौं

सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् ।

विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको गजलले राम्रो माया बटुल्दै आईरहेको छ ।

नयाँ वर्ष २०२० को संघारमा रचनाकार पौडेलले आफ्नो गजल सार्वजनिक गर्न पाउनु खुशीको कुरा रहेको स्मरण गर्दै सम्पूर्ण श्रोताहरुलाई नयाँ वर्षको कोसेली स्वरुप आफ्नो गजल समर्पण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्