अक्षय र करीनाको ‘गुड न्युज’ ले ६ दिनमै कमायो १ सय करोड



१७ पुष २०७६, काठमाडौँ

बलिउड चलचित्र गुड न्युज ले बक्सअफिसमा निकै राम्रो कमाइ गरिरहेको छ । गुड न्युज लाई दर्शक र समिक्षक दुवैले उत्कृष्ट बताइरहेका छन् । जसका कारण चलचित्रको व्यापार दिनप्रतिदिन बढ्ने क्रममा छ ।

गुड न्युज ले ६ दिनमै सय करोड बढीको कमाइ गर्न सफल भएको छ । चलचित्रले रिलिजको ६ दिनमा नै १ सय करोडको आकँडा पार गरेको छ । चलचित्रमा अक्षय कुमार, करिना कपुर, कियारा अडवाणी र दिल्जित दोसान्दको मुख्य भूमिका रहेको छ ।

प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन २१ करोड ७८ लाख, तेस्रो दिन २५ करोड ६५ लाख, चौथो दिन १३ करोड ४१ लाख, पाँचौ दिन १६ करोड २० लाख र छैठौ दिन २२ करोड ५० लाख कमाउँदै ‘गुड न्यूज’ ले भारतीय बक्सअफिसमा कुल १ सय १७ करोड १० लाखको व्यापार गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्