नर्सलाई अपहरण गरी धरानको जंगलमा लगी बलात्कारको प्रयास गरेपछि……



१७ पुष २०७६, काठमाडौं

धरानको जिरोपोइन्टस्थित एक युवती घाइते अवस्थामा भेटिएका छन्। उनी चोटपटक लगाइएको र कपडा च्यातेको अवस्थामा प्रहरीले टाटा पेट्रोल पम्प माथि गए राती १ः३० बजे एक्लै फेला परेको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त युवती विराटनगर नोवल मेडिकल कलेजमा स्टाप नर्सको कक्षा सकेर घर फर्कदै‌ थिइन्। उनी साँझमा विराटनगरबाट इटहरीसम्म आएकी थिइन्।

तरहरा जाने गाडी नपाएर बसेकी थिइन्। एउटा म्याजिक भ्यान जस्तो गाडी आएपश्चात् उनी लिफ्ट मागेर घर तर्फ लागेको तर तरहरा आइपुग्न लाग्दा गाडीमा रहेका एक जना युवकले शरिरमा के सुघाइ दिएको र आफु बहोस भएको उनले प्रहरीलाई बयान दिएकी छन्। एक जना महिलासहित भएको गाडीले धरान ल्याइ पुर्याएको थियो।

जिरोपोइट माथि जंगलमा ल्याएर यौन दुव्यवहार गर्न खोजेको र आफु भागेर बचेको उनले बताएका छन्। उनी नर्सको पोशाषमा थिइन्। उनको सेतो कोट हराएको छ। लगाएको कपडा पनि च्यातिएको छ।

शरिरको विभिन्न भागमा चोट देखिएको छ। उनलाई उपचारको लागि राती नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान भर्ना गरि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटना संकास्पर्द भएको इन्स्पेक्टर ओलीले जानकारी दिए। अपहरण गरेर ल्याउने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ। साँझै यस्तो घट्नाले हिडडुल गर्न असुरक्षा बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्