जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा, बच्ने कसरी?



१७ पुष २०७६, काठमाडौं

के तपाईँलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गरिहाल्नुहोस्। किनभने यो समस्या बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्ने सम्भावना हुन्छ।

चिकित्सकहरुका अनुसार जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने हुन्छ। चिसो भएपश्चात् रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि उत्तिकै बिग्रंदै जान्छ।

सम्बन्धित चिकित्सकहरुका अनुसार, जाडो भएपश्चात् चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने हुन्छ। जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ। यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ।’

चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन ‘डी’ को कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ।

हृदयनघात हुनुको मूख्य कारण जीवनशैली, तनाव, अल्छीपना, मोटोपना हो। त्यसैले जीवनशैली परिवर्तन गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्