
१६ पुष २०७६, काठमाडौं
हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी मौसमी रुघाखोकीका कारण एक महिलाको मृत्यु भएको छ।
केही समयबाट फैलिएको मौसमी रुघाखोकीले गाउँका सयौं थला परेका छन्। सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीयले जानकारी दिए।
मृतकका महिलाका एक छोरी र दुई छोरा रहेका छन् भने भने श्रीमान घरमा नरहेको स्थानीयले बताए।
रुघाखोकीले गाउँका सबै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेका अहेव वीरसिंह रावलले जानकारी दिए।
रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सकेका छैनन्। राया स्वास्थ्यचौकीमा यतिबेला ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेका छन्।





