यसकारण २० वर्षअघि गराइयो एमआरआई मेसिनमा यौनसम्पर्क



१६ पुष २०७६, काठमाडौं

तपाईँलाई अचम्म लाग्न सक्छ। तर यो कुरा सत्य होकि, वैज्ञानिकको एक टिमले मानिसलाई म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) स्क्यानरभित्र यौनसम्पर्क गर्नका लागि भनेका थिए। जसको उदेश्य भनेकै सहवासका क्रममा पुरुष र महिलाको प्रजनन अंगहरूको तस्बिर लिन सम्भव छ वा छैन पत्ता लगाउनु थियो।

२० वर्षअघि वैज्ञानिकले एमआरआई मेसिनभित्र सहवास गराएका थिए। अहिले ‘सहवास र महिला यौन उत्तेजनाका क्रममा पुरुष र महिला प्रजनन अंगहरूको म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ शिर्षकको लेख मेडिकल जर्नल बिएमजेको सबैभन्दा बढी डाउनलोड गरिएको लेखमध्ये एक बनेको छ।

यो सामान्य रिसर्चको पेपर यति धेरै पपुलर बनेको छ मानौं यो चन्द्रमामा पाइला टेक्नु जस्तै प्रयोग हो। यद्यपि, यसको लोकप्रियता र यसमा मानिसको आकर्षणको एक कारण स्क्रिनमा निःशुल्क सहवास देखिने सम्भावनाका कारण पनि हुन सक्छ, देख्नमा ब्ल्याक एन्ड ह्वाइटजस्तो प्रतीत नै किन नहोस्।

डच वैज्ञानिकको टिमद्वारा गरिएको यस किसिमका प्रयोगमध्ये एकको उद्देश्य यो पत्ता लगाउनु थियो कि– सम्भोग र महिला यौन उत्तेजनाका क्रममा शरिरको रचनाबारे प्राचिन तथा वर्तमान विचार मान्यतामा आधारित छ वा तथ्यमा।

अध्ययनको मुख्य निष्कर्ष १३ प्रयोगबाट निकालिएको थियो। यसमध्ये ८ दम्पति र ३ एकल महिलामा गराइएको ‘मेसिनरी पोजिसन’मा यौनसम्पर्कका क्रममा पत्ता लागेको छ– पुरुष यौनांग एक हँसिया जस्तो (बुमर्याङ आधारको) प्रतीत हुन्छ। अध्ययनमा यो पनि पाइएको छ कि, यौन उत्तेजनाको समयमा गर्भाशयको आकार बढ्दैन।

१९९९ मा पहिलोपटक बिएमजेमा प्रकाशित भएको थियो अध्ययन

यो अध्ययन युनिभर्सिटी हस्पिटल ग्रोनिन्जेन एन्ड भियु एमस्टरड्याम युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मिलेर गरेका थिए। २० वर्षअघि क्रिसमसका अवसरमा सन् १९९९ मा गरिएको यो डच अध्ययनलाई पहिलोपटक मेडिकल जर्नल बिएमजेमा प्रकाशित गरिएको थियो।

त्यतिवेला कसैले पनि सोचेको थिएन कि यो प्रकाशन क्लिनिकल्ली र वैज्ञानिक हिसाबले उपयोगी हुन सक्छ। तर, यो बिएमजेको सबैभन्दा बढी डाउनलोड गरिएको आर्टिकलमध्ये एक बन्यो र यसलाई १३० अन्य वैज्ञानिक पेपरमा प्रयोग गरियो। २०१९ को अक्टोबरमा यसलाई ५० पटक एक्सेस गरियो।

प्रतिक्रिया दिनुहोस्