छोरीलाई बलात्कार गरि हत्या गरेको अभियोगमा बाबु पक्राउ



१५ पुष २०७६, काठमाडौं

कञ्चनपुरमा तीन वर्षीया एक बालिकाको हत्या भएको छ। घघटनामा संलग्ना भएको आरोपम प्रहरीले सौतेलो बाबुलाई पक्राउ गरेको हो। बालिकाको बलत्कारपश्चात् कुटपिट गरि हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सोमबार दिउँसो बालिकाका सौतेलो बाबुलाई पक्राउ गरेको हो। कञ्चनपुर प्रहरीकाका अनुसार, कुटपिट गरि बालिकाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यसअघि बालिकामाथि जर्बरजस्तीकरणी पनि भएको हुन सक्ने आशंका गरिएको हो। भीमदत्त नगरपालिका–१८ स्थित घरमा कोही नभएको मौका पारेर बाबुले बालिकाको ज्यान लिएको प्रहरीको भनाई छ। उनले अत्याधिक मादक पदार्थ सेवन गरेको भेटिएको प्रहरीले बताए।

आमा दाउरा लिन गएको समयमा बालिकाको बलात्कार भएको हुन सक्ने आशंका प्रहरीको छ। अहिले बालिकाको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्