२९ वर्षिया शिक्षिकाको दूधले ५ जना नवजात शिशुको ज्यान बच्यो



१५ पुष २०७६, काठमाडौं

गुजरातकी रुशिना मारफतिया पेशाले शिक्षिका हुन् । २९ वर्षिया रुशिनाले ३ महिनामा १२ लिटर आफ्नै दूध दान गरिन् र ५ जना नवजात शिशुको ज्यान बचाउनमा महत्वपूर्ण योगदान गरिन् ।

रुशिनाले गत सेप्टेम्बरमा एक छोरालाई जन्म दिएकी थिइन् । उनका छोरा अघाईकेपछि धेरै भएको आफ्नो दूध उनले अरु आवश्यकतामा परेका शिशुहरुलाई दान दिने सोच बनाइन् । उनको अनुरोधमा उनका बुवाले अर्पण नवजात शिशु केन्द्रमा सम्पर्क गरे, यसपछि रुशिनाले लगातार ३ महिनासम्म आफ्नै दूध दान दिइन् ।

उनले दान गरेको दूध आइसीयूमा भर्ना गरिएका गम्भीर विरामी बच्चाहरुलाई प्रदान गरिएको थियो । ती बच्चाहरुको जन्म समयपूर्व नै भएको र तिनका आमाहरु कमजोर र स्तनपान गराउन असमर्थ थिए । सामान्यभन्दा अति कम अर्थात् ६०० ग्रामदेखि डेढकिलोसम्म तौल रहेका ती बच्चाहरुलाई रुशिनाले दान गरेका दूध नियमित खुवाईएको थियो, जसले तिनीहरुको जीवनरक्षा गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

डा. आशीष मेहताले सञ्चालन गरेको सो केन्द्र दूध बैंकको रुपमा काम गर्ने गर्छ । उक्त दूध बैंकमा करिब २५० जना महिलाहरु जोडिएका र तिनीहरुले नियमित रुपमा आफ्नो दूध दान गर्ने गरेका छन् ।

समाचार स्रोतः दैनिक भाष्कर

प्रतिक्रिया दिनुहोस्