क्यान्सरको शल्यक्रिया गर्दा शरिरमा आगो लागेर बिरामीको मृत्यु



१५ पुष २०७६, काठमाडौं

रोमानियाको अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ।

राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरिरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।

त्यसपश्चात् चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला आचनक उनको शरिरभरि आगो फैलियो।

उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो।

शरिर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापश्चात् अस्पतालमा नै उनको मृत्यु भएको हो। प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेका छन्।

मृतकको परिवारले भने आफूहरूलाई एउटा दुर्घटना भएको मात्रै भनिएको तर स्थिति कति गम्भीर थियो तथा के भएको थियो त्यसबारे विस्तृतविवरण नदिइएको बताए।

प्रतिक्रिया दिनुहोस्