
१० पुस २०७६, काठमाडौं
एन्ड्रिया एबेली रोमानियाकी इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्ट निवासी ३५ वर्षीया यी इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेरै वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्।

उनले प्लास्टिक सर्जरी गरेर आफ्नो नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको भनाई छ।

उनलाई इन्स्टाग्राममा लगभग ३२ लाख भन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्।
यौनाकर्षण र हाँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी उनी सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको बताउँछिन्। ‘मैले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन। मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ।

लाखौँ प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई घृणा गर्दछन्। कतिपयले उनलाई घृणाले भरिएका सन्देश पठाउने गरेका छन्। उनका अनुसार एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो । एक जनाले उनलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए। ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ। तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ। त्यतिबेला तिम्रो शरीरबाट प्लास्टिकको गन्ध आउनेछ।’

वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन।





