‘आमा’ युटुब ट्रेन्डिङको पहिलो नम्बरमा



०७ पुष २०७६, काठमाडौं

नेपालमा चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात बढेको छ । अहिले पनि युटुब ट्रेन्डिङमा साउथका चलचित्रको दबदबा नै छ ।

तर, बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ । ‘आमा’को ट्रेलरलाई दर्शकले धेरै नै रुचाएका छन् ।

फागुन ९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र आमा यो बर्षको प्रतिक्षित चलचित्रमध्येको एक हो ।

आमाछोरीको संघर्ष, पीडा र प्रेमकथा प्रस्तुत गर्न खोजिएको चलचित्रमा मिथिला शर्मा र नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेका छन् ।

दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रको ट्रेलर निकै नै मनछुने खालको बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्