१०१ वर्षकी वृद्धाले जन्माइन् बच्चा, उनी भन्छिन्, ‘भगवानको आशिर्वाद



०६ पुष २०७६, काठमाडौं

विज्ञानले प्रमाणित गरेको छ कि–४० वर्ष उमेर कटेपछि महिलाको प्रजनन् क्षमतामा कमी आउँछ। तर इटालीकी एक वृद्धाले विज्ञानलाई चुनौती दिंदै र विश्वलाई चकित बनाउँदै १०१ वर्षको उमेरमा आमा बनेकी छन्।

बच्चा उनको कोखबाट जन्मिएको यो १७ औं सन्तान हो। मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औं बच्चालाई शल्यक्रिया गरेर जन्म दिएकी हुन्। उनको शल्यक्रिया टर्कीमा गरिएको छ।

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो। १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आशिर्वाद बताएकी छन्। यो बच्चाको नाम फ्रांसिस्को राखेकी राखिएको छ।

फाइल तस्वीर

 

प्रतिक्रिया दिनुहोस्