ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका वडाध्यक्षसहित ९ जना धरौटीमा रिहा



०५ पुष २०७६, काठमाडौं

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका वडाध्यक्षसहित ९ जना शुक्रबार धरौटीमा रिहा भएका छन्।

जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ६ का अध्यक्ष तिलक खड्कासहित ९ जना ५ लाख ७५ हजार रुपियाँमा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन्।

खड्का लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ वर्षीय वृद्ध डबलबहादुर खड्का र निर्मला खड्कालाई कुटपिट गरी घाइते बनाएको भन्दै पीडित खड्काका छोरा त्रिभुवनले गत ६ कार्तिकमा ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्दा गराएका थिए।

मुद्धा परेपछि खप्तड छान्ना ६ का अध्यक्ष खड्का, ओमजंग खड्का, बसन्त खड्का, जंग खड्का, एकेन्द्र खड्का, सन्तोष खड्का, भरत थापा, दिपक खड्का, किरण खड्का गरी ९ जना गत ११ मंसिरमा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको हो।

कुटपिटबाट डबलबहादुरको दुवै खुट्टा भाँचिएको छ। खुट्टा टेक्ने अवस्था नभएपश्चात् लामो समयदेखि देखि काठमाडौंको विएण्डबी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडाध्यक्ष खड्काले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्