
०५ पुष २०७६, काठमाडौं
अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक मेयर चुनिएका छन्। विलियम चार्ली म्याकमिलन सात महिनामै मयर चुनिएका उनी यत्ति सानै उमेर मेयर बन्ने पहिलो ब्यक्ति पनि हुन्।
मेयर चुनिए लगत्तै उनले व्हाइटहल कम्यूनिटी सेन्टरमा उनले शपथ ग्रहन पनि गरेका छन्। शपथ ग्रहनका क्रममा उनी आमाबुवाको काखमा थिए। उनको शपथ ग्रहन समारोहमा १ सय ५० जना उपस्थित थिए।
गत अक्टोबरमा उनलाई ग्राइएम्स काउन्टीको मेयर चुनिएको थियो। हरेक बर्ष व्याइटहलको फायर स्वायंसेवक विभाकको बार्षिक बीबीक्यू संकलनमा मेयर चुनिएको हो।
कार्यक्रममा मेयर पदको लागि बोली लगाईएको थियो। जसमा सबैभन्दा कम उमेरका चार्ली पनि सहभागी भएका थिए। उनलाई धेरैले समर्थन गरेपश्चात् मेयर बनेका हुन्।
फाइल तस्वीर





