जिप दुर्घटनामा एक प्रहरी जवान गम्भीर घाइते



०२ पुष २०७६, काठमाडौं

बैतडीमा जिप दुर्घटना हुँदा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन्। पुर्चौडी नगरपालिका–६ सुनगाउँमा जिप सडकमै पल्टीएर दुर्घटना हुँदा डोटी घर भएका पुरघाट प्रहरी चौकीमा कार्यरत सुदिप श्रेष्ठ घाइते भएका हुन।

आज बिहान ९ बजे म १ ज ३२९ नं को जिप सनगाउँ भन्ने स्थानमा सडकमा दुर्घटनामा प्रहरी जवान श्रेष्ठ घाइते भएका र अन्य जिपमा सवार यात्रु सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किसन चन्दले जानकारी दिए।

गम्भीर घाइते श्रेष्ठको छातीमा चोट लागेको र उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्