भष्ट्राचार गरेको अभियोगमा अख्तियारद्धारा बीपी प्रतिष्ठानका रजिष्ट्रारसहित चार जना विरुद्ध मुद्धा



०१ पुष २०७६, काठमाडौं

सरकारी रकम हिनामिना गरी भष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार र आर्थिक प्रशासन प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।

अख्तियारले रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्धय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध मुद्धा दायर गरेको हो।

अख्तियारले उनीहरुविरुद्ध विल भरपाई नराखी भौचर समेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ रकम हिनामिना गरेको आरोप लगाएको छ।

चार जनाको मिलोमतोमा भुक्तानी दिनुपर्ने आधार, कारण तथा विल भरपाई विना नै जीवन पौडेलको नाममा चेक जारी गरेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्