आउँदो वैशाखबाट सरकारले रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने



०१ पुष २०७६, काठमाडौं

आगमी वैशाखबाट सरकारले रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ।

राष्ट्रिय खोप कार्यक्रम, खोप अभियान तथा नयाँ खोप सुरुवात सम्बन्धी जानकारी दिन राजधानीमा कार्यक्रम आयोजना गरिएको हो।

सो अन्तक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले वैशाख जेठबाट यो खोप सुरु गरिने जानकारी दिएका हुन्।

उनका अनुसार यो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने छ। खोप सरकारले निः शुल्क उपलब्ध गराउने गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्