
०१ पुष २०७६, काठमाडौं
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथमा मोटरसाईकल दुर्घटनामा परेका एक युवकको साथबाट लागूऔषध बरामद भएको छ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ स्थित पश्चिमबाट पूर्वतर्फ स.१ प. ८१४ नम्वरको मोटरसाईकलमा लिएर जाँदै गर्दा मोटरसाइकल अन्यित्रित भई दुर्घटनामा परेका ती युवाको साथबाट लागूऔषध बरामद भएको हो।
कंचनरुप नगरपालिका वडा नम्वर ११ बस्ने ललकु चौधरीका २० वर्षीय छोरा दिनेश चौधरी दुर्घटनामा पर्दा उनको साथबाट लागूऔषध बरामद भएको सप्तरी प्रहरीले जनाएको छ।
मोटरसाईकल दुर्घटनामा परि दिनेश सामान्य घाइते भएका थिए। प्रहरीलाई शंका लागेपश्चात् चेक जाँच गर्दा लागूऔषध नाईट्रोजन ट्याबलेट १५ थान फेला परेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
पक्राउ परेका दिनेशलाई जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याई म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए।





