
३० मंसिर २०७६, काठमाडौं
क्षयरोग बिरामीले नियमित औषधी सेवन नगर्दा बागलुङमा क्षयरोगका बिरामी बढ्दै गएका छन्। नियमित औषधि खाए निको हुने रोग समयमा औषधि सेवन नगर्दा निको हुन गाह्रो भएको छ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार क्षयरोग लागेका बिरामीले नियमित औषधि सेवन गर्न नखोज्दा निको हुने रोग पनि दीर्घरोग बन्न पुगेको छ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५२ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन। जसमा सर्ने खालको क्षयरोग (टिबी) २८ जनामा छ भने, २४ जनामा नसर्ने खालको क्षयरोग लागेको छ। यसमा महिला भन्दा पुरुषको संख्या बढी रहेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिए।
जिल्लामा गत वर्ष कूल दुई सयमध्ये सर्ने खालका बिरामी १ सय १२ रहेका थिए भने, नसर्ने खालका बिरामी ८८ जना रहेका थिए। क्षयरोग महिलाको तुलनामा पुरुषमा बढी देखिएको हो।
गत वर्ष १ सय ३० जना पुरुष रहेका थिए भने बाँकी ७० जना महिला रहेका थिए। ‘दुई जना पुरुष बराबर झन्डै एक महिलालाई क्षयरोग लागेको हो।
क्षयरोग ठूलो होइन। बिरामीको लापारवाहीले ठूलो बनाएको हो, स्वास्थ्य संस्थाले औषधि वितरण मात्र हैन परामर्श पनि दिन्छ। तर बिरामीले आफ्नो स्वास्थ्यको बारेमा चासो नदिँदा यसको प्रकोप झनै बढदै गएको उक्त स्वास्थ्य कार्यालय बागलुङले बताए।





