
२९ मंसिर २०७६, काठमाडौं
पछिल्लो समय नेपालसहित विश्वभर नै मृगौला रोगीको संख्या बढ्दैै छ। बालबालिका, युवा, प्रौढ, सबै उमेर समूहका मानिसमा मृगौलाको समस्या देखिदै आएको छ।
त्यसैले जान्नुहोस् मृगौलाको बिग्रिनुको कारण, यसको लक्षण र बच्ने उपायको बारेमाः
मृगौला हाम्रो शरिरको महत्वपूर्ण अंग हो। मानव शरिरमा मृगौला दुई वटा हुन्छन्। विविध कारणले मृगौलाले सही र सन्तुलित तरिकाले काम गरेन भने मृगौलामा त रोग लाग्छ। यदि मृगौलामा बिरामी भए अन्य अंगमा पनि गम्भीर प्रकृतिका रोग लाग्न सक्छ।
मृगौलाले रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउँछ।
शरिरमा पानीको मात्र सन्तुनल कायम गराउँछ। रेनिन नामको इन्जाइम उत्पादन गर्ने भएकाले उच्च रक्तचापबाट बचाउँछ। भिटामिन डी उत्पादन गर्ने भएकाले हड्डी बलियो बनाउँछ।रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

मृगौला बिग्रने मुख्य कारणः
-मधुमेह, उच्च रक्तचाप लगायत समस्या।
-शरिरमा पानीको कमी।
-क्षणिक दुखाई कम गर्ने पेनकिल्लर लगायतका औषधिको धेरै प्रयोग।
-वंशाणुगत।
-धुम्रपान तथा मध्यपान।
-धेरै गर्मीमा लामो समय काम गर्नु।
मृगौला बिग्रदा देखिने लक्षणः
-छिटोछिटो पिसाब लाग्ने।
-पिसाब धमिलो देखिने तथा फिज आउने।
-मुख सुख्खा हुने।
-हात खुट्टा सुनिने।
-रक्तअल्पता हुने।
-भोक नलाग्ने वा धेरै लाग्ने।
-रिंगाटा लाग्ने वा वाक्वाकी लाग्ने।
-कुनै पनि रोग लागे औषधि सेवन गर्दा पनि चाडो निको नहुने।
मृगौला रोग लाग्नै नदिन यसो गर्नेः
यो रोग सामान्य रोग होइन। एक पटक लागेपछि ठीक हुन गाह्रो हुने र अर्को लक्षण निकै ढिला मात्र देखा पर्ने भएकाले मृगौलालाई स्वस्थ राख्न हरदम चनाखो रहनु पर्छ।
-परिवारमा कसैलाई यो रोग लागेको भए मृगौलाको नियमित परीक्षण गराउने।
-स्वस्थ व्यक्तिले पनि प्रत्येक वर्ष एक पटक मृगौलाको परीक्षण गर्ने।
-स्वच्छ पानी प्रशस्त पिउने।
-स्वस्थ खानपान गर्ने।
-सक्रिय जीवनशैली अपनाउने।
– नियमित व्यायम गर्ने।
-विशेषगरी बालबालिकालाई प्रत्येक पटक ज्वारो आउँदा पिसाब परीक्षण गराउने ।





