
२९ मंसिर २०७६, काठमाडौं
विपन्न नागरिक औषधि उपचार कोषले चालु आर्थिक बर्षमा विभिन्न अस्पताल तथा विरामीहरुले उपचार गरेवापत माग दावी गरेको कुल ३० करोड ९९ लाख ६१ हजार ७२९ रुपैया भुक्तानी दिने निर्णय गरेको छ ।
गत १३ मंसिरमा स्वास्थ्य सचिव खगराज अधिकारीको अध्यक्षतामा बसेको विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले सो रकम भुक्तानी दिने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार १३ मंसिरमा बसेको बैठकले १५ वटा सरकारी अस्पताललाई साउन र भदौ महिनाको भुक्तानी हुन बाँकी भ७ करोड ८० लाख ५९ हजार ८८२ रुपैयाँ, असोज र कात्तिक महिनाको सरकारी तथा गैरसरकारी ५६ वटा अस्पतालहरुलाई २२ करोड ८२ लाख ५३ हजार ४७ रुपैयाँ सोधभर्ना र मिर्गौला प्रत्यारोपण र पूर्व परीक्षणको लागि क्रमश एक लाख र पचास हजारको दरले २५ जनालाई ३६ लाख ४८ हजार ८०० रुपैयाँ भुक्तानी दिने निर्णय गरेको हो।





