स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको प्रधानमन्त्रीको भनाई



२९ मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी गराएका छन्।

आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइराखेको बताएका हुन्।

बैठकपश्चात् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भएको बताए।

‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउनुभयो। तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो,’ श्रेष्ठले भने।

बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको उनले बताए।

नेकपा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको थियो। दिउँसो १ बजे धुम्वाराहीमा बैठक बस्ने छ।

प्रतिक्रिया दिनुहोस्