नि:शुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित



२९ मंसिर २०७६, काठमाडौं

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन्।

सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो। आँखा, दाँत तथा जनरल परीक्षण विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गरेका थिए।

नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो रक्तचाप जाँच गराइ शिविरको शुभारम्भ गर्दै नगरबासीको स्वास्थ्यमा पहिलो पहिलो प्राथमिकता दिएको वताए। सिद्धीदास माध्यामिक विद्यालयका प्राचार्य लोकेन्द्र अर्यालले समय समयमा आफ्नो विद्यालयले स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको जानकारी दिए। सो अवसरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्