जाडोमा निमोनियाको खत्राः बालबालिकालाई यसरी बचाउनुहोस्



२७ मंसिर २०७६, काठमाडौं

निमोनिया फोक्सोमा हुने रोग हो। जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ। निमोनियाको प्रमुख कारण संक्रमण नै हो।

संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिले–काँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ।

बालबालिका र बूढाबूढीमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने भएकाले बालबालिका र बूढाबूढीलाई निमोनियाको असर अझ गम्भीर रुपमा देखिने चिकित्सकहरु बताउछन्।

नेपालमा गतवर्ष जन्मेदेखि पाँचबर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको ज्यान गएको थियो। ज्यान गएकामध्ये श्वासप्रस्वास सम्बन्धी (एआरआई) रोगका कारण २ सय ३६ जनाको मृत्यु भयो।

यसबाट पनि ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया र श्वासप्रश्वास सम्बन्धी रोगका कारणबाट हुने तथ्यांकहरुले देखाउँछ।

त्यसैले, जान्नुहोस् निमोनियाबाट बालबालिकालाई बचाउने तरिकाः

-बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप समयमा लगाईदिनुहोस्।

-बालबालिकालाई खेलाउनु र खुवाउनु अघि राम्रोसँग हात धुने गर्नुहोस्।

-धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुहोस्।

-प्रशस्ता मात्रामा पोषणले बालबालिकाहरुको रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ। बालबालिकालाई आमाको दूध र थप आहार पर्याप्त मात्रामा खुवाउनुहोस्।

-रुघाखोकीबाट बचाउनुहोस्।

-आवश्यक पोषण तत्वहरुको कहिल्यै कमी हुन नदिनुहोस्।

-बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तैः परागका कणहरु, शरिरमा छर्कने सुगन्धित बास्नाहरु इत्यादिबाट जोगाउनुहोस्।

-संक्रमित व्यक्तिहरुबाट टाढा राख्नुहोस्।

-बालबालिकाको सरसफाइमा ध्यान दिनुहोस्।

 

प्रतिक्रिया दिनुहोस्