बलात्कारको आरोप लागेका डा. झा थुनामुक्त



२७ मंसिर २०७६, काठमाडौं

बलात्कारको आरोपमा पक्राउ परेका नेपाल मेडिसिटी अस्पतालका डा. रोहित कुमार झा थुनामुक्त भएका छन्। सरकारी वकिलको कार्यलयले उनीमाथी लागेको आरोपलाई जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि नबढाउन आदेश दिएपछि उनि हिजो थुना मुक्त भएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्दा जबरजस्ती करणी उद्योग नभई यौन दुव्र्यवहार भएको पाइएको भन्दै थुना मुक्त गर्ने आदेश दिएको जनाएको छ।

जिल्ला न्यायधिवक्ता मोना सिंहका भन्छन्, प्रहरीको मिशिल अध्ययन गर्दा जबरजस्ती करणी सम्बन्धि उद्योग नभई यौन दुव्र्यवहार भएको ठहरर्याएको हो। सो अनुसार आदेश दिएका हौँ।

सरकारी वकिलको कार्यालयले थुनामा राख्नु नपर्ने आदेश दिएपछि हाजिरी जमानीमा झालाई थुनामुक्त गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीले गत ९ मंसिरमा मेडिसिटी अस्पतालका जनरल फिजिसियन झालाई पक्राउ गरेको थियो। महाराजगञ्जकी ३० वर्षीय एक महिलाको जाहेरीमा प्रहरीले झालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्