
२७ मंसिर २०७६, काठमाडौं
यत्तिबेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हिउले छोपेको छ। विहान करीब साढे ९ बजे देखि खलंगा बजारमा शुरु भएको हिमपात अझै रोकिएको छैन्। बाक्लो हिमपातसंगै दैनिक जनजीवन कष्टकर बन्न थालेको छ।
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. मंगल रावलका अनुसार, अढाई घण्टा देखि लगातार हिमपात र्भरहेको छ। उनले हिमपातकै कारण आज अस्पतालमा विरामीको संख्या घटेको जानकारी दिए।
अहिले त विरामीको संख्या निकै घटेको छ। आकस्मिक बाहेकका विरामी आएका छैनन् भन्दा पनि हुन्छ। बजार पुरै हिउले ढाकेको अवस्था छ।
फाईल तस्विर








