
२७ मंसिर २०७६, काठमाडौं
तेजाब प्रहारबाट घाइते भएकी वीरगंज निवासी मुस्कान खातुनको प्लास्टिक सर्जरी गरिएको छ।
तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरी गरेका हुन्।
त्यस्तै मुस्कानलाई थप आर्थिक सहायता सहित अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी अस्पतालमा पुगेका थिए।
मेयर सरावगीले मुस्कानको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
फाईल तस्विर





