सुत्केरी पत्नी अस्पतालमै बन्धक भएपछि सडकमा भिख माग्दै श्रीमान



२६ मंसिर २०७६, काठमाडौं

सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठा गाउँपालिका–८ तोपाकी ललितादेवी खगले विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन्।

एक महिने सुत्केरी ललिताका पति गोकुल कुमारले रकम ब्यवस्था गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन्।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपश्चात् ललितालाई विराटनगर अस्पताल पुर्याइएको थियो।

पत्नीको उपचारमा अहिलेसम्म दुई लाख बढी खर्च गरिसकेको गोकुल कुमारले बताए।

प्रतिक्रिया दिनुहोस्