तौलिहवा अस्पतालको मन्त्री सुर्दशन बरालद्वारा अनुगमन, एनआईसियू सेवा चाँडै सुरु गर्ने प्रतिवद्धता



२६ मंसिर २०७६, काठमाडौं

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा अस्पतालमा एनआईसियू सेवा विस्तार गर्ने बताएका छन्। अस्पतालमा सुत्केरी हुन आउनेको संख्या धेरै देखिएकोले अस्पतालमा एनआईसियू आवश्यक रहेको मन्त्री बरालको भनाइ छ।

अस्पताल अनुगमन गर्न तौलिहवा पुगेका मन्त्री बरालले भर्खर जन्मेका बच्चाका लागि एनआईसियू सेवा पनि चाँडै सुरु गर्ने बताए। अस्पतालको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले अति आवश्यक रहेको यो सेवा अभावका कारण बिरामी बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

तौलीहवा अस्पतालको बारेमा रत्नाकर शुक्लाले जानकारी गराउँदै कर्मचारी दरबन्दी, भौतिक अवस्थाकोबारेमा पनि मन्त्री बराललाई अवगत गराएका थिए।

फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्