केडीसीलाई हेल्थकेयर लिडरसीप अवार्ड प्राप्त



२५ मंसिर २०७६, काठमाडौं

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ।

मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस इन्डियाले मंगलबार राजधानीमा विशेष कार्यक्रम गरि उक्त सम्मान गरेको हो।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस व्लर्ड हेल्थ फेडरेशन अफ हेल्थकेयर प्रोफेसनलबाट मान्यता प्राप्त संस्था हो।

प्रतिक्रिया दिनुहोस्