प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक



२४ मंसिर २०७६, काठमाडौं

गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमारले गरेका हुन् ।

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्