
२४ मंसिर २०७६, काठमाडौं
चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।
यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएको हो।
ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले उक्त आक्रमणमा चार जना मारिनुका साथै अन्य दुई गम्भीर घाइते भएको बताए।
प्रहरीले हाल बेपत्ता रहेका बन्दुकधारीको खोजी गरिरहेको छ।





