रातभर हेल्थपोष्टमै थुनेर डाक्टरद्धारा महिलाको बलात्कार



२२ मंसिर २०७६, काठमाडौं

महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालीकाको सरुआठ हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।

सिंहले एक महिलालाई चरम यातना दिएर बलात्कार गरेको आरोपमा पक्राउ परेको हो। गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी ३० बर्षिया महिला घर फर्किनको लागि गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकै बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुन्धानको क्रममा पीडित महिलाले बयान दिएको हो।

चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिंहले  हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरीले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्