चिकित्सक लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४९ प्रतिशत उत्तीर्ण भए भने बीडीएस तर्फ ४२ प्रतिशत



२२ मंसिर २०७६, काठमाडौं

नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा साढे ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

शनिबारको परीक्षामा एमबीबीएस तर्फ १ हजार २३७ जना र बीडीएस तर्फ ३९९ जना गरी कुल १ हजार ६३६ जना सहभागी भएका थिए। त्यसमध्ये एमबीबीएस तर्फ ४९ प्रतिशत र बीडीएस तर्फ ४२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा ९ जना अनुपस्थित भएका थिए।

गत साउनको परीक्षामा एमबीबीएस तर्फ ७८ प्रतिशत र बीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएका थिए।

यसपटक अघिल्लो परीक्षाको तुलनामा एमबीबीएसमा झण्डै २९ प्रतिशत कम उत्तीर्ण भएका छन्। तर वीडीएसमा भने ३ प्रतिशत सुधार देखिएको छ।

प्रतिक्रिया दिनुहोस्