मिल्यो खुशी आँखाको ज्यातिले



२० मंसिर २०७६, काठमाडौं

“बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ। भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुँदै भने।

आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच/छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कार्तिक २७ गते शल्यक्रिया सम्पन्न भएपछि अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन्। “नई सोचल सुख हमराई बुढारीमें भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ) पासवानले भने।

पासवानजस्तै जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्नाकी ७० वर्षीया जितनीदेवी थारू र औरही नगरपालिका–१ दलित बस्तीकी ६० वर्षीया चोल्हियादेवी महरासहित ८३१ जनाले गुमेको आँखाको ज्योति पछिल्ला १० महिनाबीचमा पाएका छन्। “कई साल सँऽअन्हारमें छली, जिनगी भारी लगैछल” ९कति वर्षदेखि अँध्यारै/अँध्यारो थियो, जिन्दगी नै गह्रुङ्गो लाग्थ्यो० मेघनाथ गोरहन्नाकी जितनीदेवी थारूले भनिन्। “आब जिवके ललसा जागल, बुझायत अछि, जे दुनिंयाँ हमरे सभक देखके लेल बनलअई” ९अब भने बाँचिरहने आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो।

पछिल्लोपटक हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिवास आँखा अस्पतालले जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचारको प्रबन्धले अहिलेसम्म जिल्लाका ८३१ जनाले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्